नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

त्रिकोणात्मक टी–२० श्रृंखला ः नेपाल फाइनलमा प्रबेश

ओखलढुङ्गान्युज । चैत १७, काठमाण्डौं । नेपाल घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृंखलाको फाइनलमा प्रवेश गरेको छ । विहिबार भएको खेलमा पपुवा न्यूगिनीलाई ३७ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरी र डेब्यूटान्ट खेलाडी आदिल अन्सारीले ब्याटिङमा र बलिङतर्फ करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएका थिए । करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिए । टी-२० अन्तर्राष्ट्रियमा कुनै पनि नेपाली बलरले लिएको यो पहिलो ह्याट्रिक विकेट हो ।

सन् २०१४ मा बंगलादेशमा टी-२० विश्वकपमा पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको नेपालको यो ५०औं टी-२० अन्तर्राष्ट्रिय खेल हो । ऐतिहासिक खेलमा नेपालले शानदार जित हात पार्दै एक खेल अगावै श्रृंखलाको फाइनलमा समेत स्थान बनायो ।

लगातार तीन खेल हारेको पीएनजीको भने फाइनल पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । पीएनजीले शुक्रबार मलेसियासँग खेल्नेछ । फाइनल पुग्ने सम्भावना कायम राख्न पीएनजीले मलेसियालाई हरानुपर्नेछ । नेपालले लिगको अन्तिम खेल शनिवार मलेसियासँग खेल्नेछ ।