नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

नर्मदेश्वर सेवा समाजको अध्यक्षमा फत्त श्रेष्ठ निर्वाचित

ओखलढुङ्गान्युज चैत १४, काठमाण्डौं नर्मदेश्वर सेवा समाज ओखलढुङ्गा–काठमाण्डौंको अध्यक्षमा फत्त कुमार श्रेष्ठ निर्वाचित भएका छन् । सेवा समाजको शनिवार सम्पन्न चौथो वार्षिक साधारण सभाले तेश्रो कार्यकालका लागि श्रेष्ठलाई अध्यक्ष पदमा सर्बसम्मत निर्वाचित गरेको हो ।

शनिवार सम्पन्न भएको साधारण सभाले ११ जनाको नयाँ कार्य समितिलाई सर्बसम्मत रुपमा निर्वाचित गरेको छ । निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा रवि कुमार श्रेष्ठ, सचिवमा टिकादास श्रेष्ठ र कोषाध्यक्षमा गोपाल कुमार श्रेष्ठ रहेका छन् । त्यस्तै समितिका अन्य सदस्यहरुमा विष्णुहरि दाहाल, चेत बहादुर श्रेष्ठ, जानुका श्रेष्ठ (खड्का), राम बहादुर श्रेष्ठ, प्रेम बहादुर मग्राती, शिव प्रसाद सुवेदी र पुष्प ढुङ्गेल रहेका छन् ।

नर्मदेश्वर सेवा समाजको चौथो वार्षिक उत्सवको अवसरमा प्रथम ऐतिहासिक नर्मदेश्वर नामक स्मारिकाको विमोचन गरिएको थियो । स्मारिकाको विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद माननिय यज्ञराज सुनुवारले शहरमा रहेर पनि गाउँको विकासमा योगदान पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । विमोचन गरिएको स्मारिकाले नर्मदेश्वरको पुरानो ईतिहासलाई दस्तावेजीकरण गर्न सहयोग पुग्ने अपेक्षा रहेको समेत बताउनुभयो ।

नर्मदेश्वर सेवा समाजको ४० भन्दा बढि आजिवन सदस्य र १ सय भन्दा बढि साधारण सदस्य रहेका छन् । समाजले काठमाण्डौवाट पनि गाउँका नागरिकहरुलाई अप्ठ्यारो समस्या परेको बेला अस्पतालमा लगेर उपचार देखी आर्थिक सहयोग समेत गर्दै आएको छ । त्यस्तै नर्मदेश्वरका कोही नागरिकको मृत्यु भएमा मृतकका परिवारलाई सान्त्वना स्वरुप नगद रु ५ हजार आर्थिक सहयोग सहित भेटघाट गर्दै आएको छ ।