नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

पानीको ड्रममा मेटासिट, खोटाङको दाम्ली माविका ३ विद्यार्थी गम्भिर विरामी

तस्विर ः माधव कार्की (ओखलढुङ्गा)

ओखलढुङ्गान्युज चैत १४, खोटाङ विषको गन्ध आएको पानी पिउदा खोटाङमा तिन जना विद्यार्थी गम्भिर विरामी भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. २ मा रहेको दाम्ली माविका तिनजना विद्यार्थी बेहोस भएका हुन् ।

विद्यालयमा भएको ड्रममा भरेर राखेको पानी पिउदा ३ जना विद्यार्थी विरामी परेको हलेसी तुवाचुङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरि खड्काले जानकारी दिए । अध्यक्ष खड्काका अनुसार विद्यालय पुग्नु अगाडी नै भरेर राखेको ड्रमको पानी पिउदा विद्यार्थी विरामी भएका हुन् ।

विरामी भएकाहरु मध्ये दुईजनालाई उदयपुरको घुर्मी हस्पिटलमा उपचारको लागि राखिएको छ । एकजनालाई भने उपचारका लागि अहिले ओखलढुङ्गाको सामुदायीक अस्पतालमा ल्याईपु¥याईएको छ । ओखलढुङ्गाको सामुदायीक अस्पतालमा भर्ना गरिएकी विरामीको अबस्था भने गम्भिर रहेको छ ।

विद्यार्थीले पानी पिएको ड्रमको पानीमा मेटासिटको गन्ध आएकोले विष नै घोलेको हुनसक्ने वडा अध्यक्ष खड्काले बताए । घटना बारेमा जानकारी पाउनसाथ विद्यालयमा नगरपालिकाका प्रमुख सहितको टिम पुगेको थियो ।

घटनाको बारेमा सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ, दिक्तेलवाट प्रहरीको टोली विद्यालय तर्फ पठाईएको खोटाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक लम्सालका अनुसार भर्खरै प्रहरीको टोली पुगेर थप बुझ्ने कार्य भैरहेको छ । घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।