नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

ओखलढुङ्गावाट कटारी तर्फ जाँदै गरेको गाडी दुर्घटना, १४ घाईते, ४ को अबस्था गम्भिर

ओखलढुङ्गान्युज चैत १३, उदयपुर ओखलढुङ्गावाट कटारी तर्फ जादै गरेको फोर्स गाडी उदयपुरको हर्देनी भन्ने स्थानमा दुर्घटनामा परेको छ । गाडी दुर्घटनामा पर्दा गाडीमा सवार १४ जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अबस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुर, गाईघाटले जनाएको छ ।

ओखलढुङ्गावाट कटारी तर्फ जादै गरेको प्रदेश १–०७–००१ ज ००११ नम्बरको फोर्स गाडी सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिकाको वडा नं. ११ हर्देनी भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार गाडी सडक भन्दा करीब १० मिटर तल खसेर रुखमा अड्किएको थियो ।

गाडीमा अधिकांश ओखलढुङ्गावाट गएका यात्रुहरु रहेका थिए । गाडीमा सवार रहेका यात्रुहरु १४ जना घाईते भएको प्रबक्ता गौतमले जानकारी दिए । प्रहरी प्रबक्ता गौतमका अनुसार घाईते भएका यात्रुहरु मध्ये मोलुङ गाउँपालिका वडा नं. २ का एकराज दाहाल, चिशंखुगढी गाउँपालिका वडा नं. ८ का यशोदा कार्की, सुनकोशी गाउँपालिका वडा नं. ८ का शिक्षकद्वय चुडामणी अधिकारी र खिम बहादुर कार्कीको अबस्था गम्भिर रहेको छ ।

गम्भिर घाईते भएका चारै जनाको कटारी अस्पतालमा उपचार भैरहेको पनि प्रहरी प्रबक्ता गौतमले जानकारी दिए । गाडीका चालक सिद्धिचरण नगरपालिका वडा नं. १ तलुवाका सञ्जिब घिमिरे पनि घाईते भएका छन् । अरु सामान्य घाईतेहरु भने सामान्य उपचारपछि फर्किएका छन् ।