नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

निर्वाचन आयोगले तोक्यो निर्वाचन अधिकृत, ओखलढुङ्गाका स्थानीय तहमा को को ?

ओखलढुङ्गान्युज । चैत १३, ओखलढुङ्गा । निर्वाचन आयोगले आईतवार देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो ।

ओखलढुङ्गामा को को ?

निर्वाचन आयोगले ओखलढुङ्गाका सबै स्थानीय तहका लागि निर्वाचन अधिकृत तोकेको छ । जस अनुसार मुख्य निर्वाचन अधिकृत दल बहादुर केसी (जिल्ला अदालतका न्यायधिस) लाई सिद्धिचरण नगरपालिकाको समेत जिम्मेवारी दिईएको छ । अन्य स्थानीय तहमा भने उपसचिव वा सो भन्दा माथिल्लो स्तरकालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिईएको छ । जस अनुसार खिजिदेम्बा गाउँपालिकामा विष्णुहरी बराल (उपमहालेखा नियन्त्रक), चम्पादेवी गाउँपालिकामा महेन्द्र बहादुर थापा (उप महान्यायधिबक्ता) लाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसैगरि चिशंखुगढी गाउँपालिकामा कमला काफ्ले (जिल्ला न्यायधिबक्ता), मानेभञ्ज्याङ्ग गाउँपालिकामा नविन खनाल (श्रेस्तेदार), मोलुङ गाउँपालिकामा खिमादेवी लङ्वा (उपसचिव), सुनकोशी गाउँपालिकामा कविता फुयाल (उपसचिव) र लिखु गाउँपालिकामा राजेश कुमार थापा (उपसचिव कानून) लाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ ।

आयोगले आगामी चैत मसान्तदेखि बैशाख २ गतेभित्र यी सबै निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम पनि दिने भएको छ । स्थानीय तह निर्वाचन आगामी २०७९ सालको बैशाख ३० गते हुँदै छ ।