नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

ओखलढुङ्गाको नारायणस्थानमा गाडी दुर्घटना, सात घाइते

ओखलढुङ्गान्युज । चैत ११, ओखलढुङ्गा । कांग्रेसको कार्यक्रम सकेर फर्किँदै गरेको टोयोटा गाडी ओखलढुङ्गामा दुर्घटनामा परेको छ । दुर्घटनामा परी गाडीमा सवार चालक सहित ७ जना घाइते भएका छन् । कार्यक्रम सकेर फर्कदै गरेको स्टेट २ बी एए ४६५२ नम्बरको टोयोटा गाडी दुर्घटनामा परेको हो ।

जिल्लाको सिद्धिचरण नगरपालिका वडा नम्बर ३ अधेरी नारायणस्थानबाट नेपाली कांग्रेसको कार्यक्रम सकेर फर्कदै गरेको टोयोटा गाडी चनौटे भन्ने स्थानमा दुर्घटनामा परेको हो । नारायणस्थानमा नेपाली कांग्रेसले आज घरघर जाँउ कांग्रेस जिताऔ भन्ने नारासहित कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम सकेर फर्कदै फर्कदै गरेको गाडी दुर्घटनामा परेको ओखलढुङ्गा कांग्रेसले जनाएको छ ।

गाडी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रुमा ल्याइएको छ । घटनामा परी घाइते भएकाहरूको परिचय खुल्न बाँकी रहेको छ । त्यस्तै घटनाको बारेमा विस्तृत विवरण पनि आउन बाँकी रहेको छ ।