नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

आज ओखलढुङ्गा कांग्रेसले पूर्व प्रधानमन्त्री कोइरालाको स्मृति दिवस मनाउदै

ओखलढुङ्गान्युज चैत , ओखलढुङ्गा आज नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवस । स्मृति दिवसको अवसरमा ओखलढुङ्गामा पनि नेपाली कांग्रेसले एक कार्यक्रमको आयोजना गरी मनाउदैछ।

स्मृति दिवसको अबसर पारेर ओखलढुङ्गा कांग्रेसले शोमबार अपरान्ह सामुदायीक अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रमको आयोजना गरेको कांग्रेस ओखलढुङ्गाले जनाएको छ । ओखलढुङ्गामा झै स्वर्गीय कोईरालाको स्मृति दिवसको अवसर पारेर देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।

नेपालमा नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्यका लागि स्वर्गीय कोईरालाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै २०६२/६३ को आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्व प्रधानमन्त्री कोइरालाको आज १२ औँ स्मृति दिवस हो ।

चारपटक प्रधानन्त्री बनेका स्वर्गीय कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका निर्बाह गरे । उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षका इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो ।  कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो।