नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

प्रगतिशिल लेखक संघ ओखलढुङ्गाको अध्यक्षमा दुर्गा सुब्बा

ओखलढुङ्गान्युज चैत , ओखलढुङ्गा प्रगतिशिल लेखक संघ ओखलढुङ्गाको दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिवार ओखलढुङ्गामा सम्पन्न भएको दोश्रो जिल्ला सम्मेलनले दुर्गा सुव्वा (सानु कोविद) को अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटीको निर्माण गरेको छ ।

सुब्बाको अध्यक्षतामा गठन भएको जिल्ला कार्य समितीका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा शिवप्रसाद ढुङ्गाना, सचिवमा बोध नारायण श्रेष्ठ, सहसचिवमा बद्रि धमला, कोषाध्यक्षमा कमल प्रसाद न्यौपाने निर्वाचित भएका छन् । त्यस्तै समितिका अन्य सदस्यहरुमा ध्रुव राजभण्डारी, गगन राई, प्रमिला श्रेष्ठ, सिताराम दाहाल लगायत रहेको संघका निवर्तमान अध्यक्ष युवराज दाहालले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य तथा संघका सल्लाहकार सदस्य खड्ग योगी अनिलको प्रमुख आतिथ्यता तथा नेकपा (एमाले) ओखलढुङ्गाका सचिव एवम् संस्थापक सदस्य कमल प्रसाद न्यौपाने र नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य एवम् संघका सल्लाहकार सदस्य जिवन परियारको विशेष आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो ।

अनेकोट सांस्कृतिक सहिद स्मृति दिवसको दिन समेत पारेर सम्पन्न भएको हो । जिल्ला सम्मेलनमा सहभागी अतिथीहरुले वामपन्थी आन्दोलनका नेतृत्वकर्ताहरु विचलन तर्फ उन्मुख भएको भन्दै प्रगतिशील लेखकहरु मार्फत ट्रयाकमा ल्याउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागीहरुले प्रगतिशिल साहित्यिक वाचन समेत गरेका थिए ।