नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

ओखलढुङ्गा साहित्य प्रतिष्ठानको तदर्थ समिति गठन

ओखलढुङ्गान्युज । फागुन २९, ओखलढुङ्गा । ओखलढुङ्गामा शुक्रबार ओखलढुङ्गा साहित्य प्रतिष्ठान जिल्ला तदर्थ समिति गठन भएको छ । जिल्लाको साहित्य, कला तथा संस्कृतिको संवर्धनमा संस्थागत संरचनामा विकास गर्ने उद्देश्य सहित ओखलढुङ्गा साहित्य प्रतिष्ठान गठन गरिएको हो ।

तदर्थ समितिको संयोजकत्वमा प्रगितवादी लेखक तथा साहित्यकार धनराम श्रेष्ठ रहेका छन् । त्यस्तै समितिको सचिवमा डा. भेषनाथ खनाल रहेका छन् । तदर्थ समितिले जिल्लाभरका सर्जकहरुलाई समेटेर चाँडै भेला आयोजना गरेर कार्यकारी समिति गठन गर्ने सदस्य ध्रुव राजभण्डारीले बताए ।

तदर्थ समितिका अन्य सदस्यहरुमा शिवप्रसाद ढुंगाना, कुम्भराज राई, रामहरि श्रेष्ठ, धुर्व राजभण्डारी, डिल्लीराम कार्की, विरेन्द्र तामाङ पेम्वा शेर्पा रहेका छन् । जिल्लाका सर्जकहरुका पुस्तक संकलन, खोज तथा अनुसन्धान र साहित्यिक गतिविधी अघि बढाउन भूमिका खेल्ने प्रतिष्ठानका सचिव खनालको भनाइ छ ।