नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

राजनीतिक दलसँग निर्वाचन आयोगले छलफल गर्दै

ओखलढुङ्गान्युज फागुन २७, काठमाण्डौं निर्वाचन आयोगले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गर्न लागेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन बारे राजनीतिक दलहरुसँग निर्वाचन आयोगले छलफल गर्न लागेको हो ।

संघ र प्रदेश तहमा प्रतिनिधीत्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधीहरुसँग छलफल गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । शुक्रवार हुने छलफलमा आयोगले राजनीतिक दलहरूलाई हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने तयारी गरेको छ ।

आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका मध्ये ७९ दललाई निर्वाचन आयोगले दर्ता गरेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा ५७ ले मात्र भाग लिएका थिए । उक्त निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको त्यसबेला स्थानीय तहमा प्रतिनिधित्व रहेको थियो ।