नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

संखुवासभामा बस दुर्घटना, कम्तीमा १४ को मृत्यु

ओखलढुङ्गान्युज । फागुन २६, काठमाण्डौं । विहिबार विहानै संखुवासभाको मादीमा यात्रु बाहक बस दुर्घटना भएको छ । बस दुर्घटना हुदा बसमा सवार मध्ये १४ जनाको मृत्यु भएको छ ।

संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं. ६ सात घुम्तीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको परेको हो । बस सडकवाट करीब २ सय मिटर तल खसेको संखुवासभा प्रहरीले जनाएको छ । बस खसेको स्थान ठूलो भिर भएकोले दुर्घटनामा परेकाहरुको उद्धारमा समस्या भैरहेको छ ।

पछिल्लो अपडेट अनुसार दुर्घटनामा परी १४ को मृत्यु भएको छ भने उद्धार कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । बसमा बति यात्रु रहेका थिए भनेर हालसम्म एकिन भएको छैन । दुर्घटनामा परेका ५ जना घाईतेको उद्धार गरिएको छ । घटनामा परि हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।