नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

आज मार्च ८ अर्थात अन्तराष्ट्रिय महिला दिवस

ओखलढुङ्गान्युज । फागुन २४, ओखलढुङ्गा । मार्च ८ अर्थात आज विश्वभर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाइँदैछ ।  यस वर्ष सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ विभिन्न कार्यक्रम सहित मनाईदैछ ।

सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय  मान्यता प्रदान गरिएको थियो । त्यसैको खुशीयाली स्वरुप सन् १९११ देखि यो दिवस विश्वभरमा नै मनाउन थालिएको हो ।

हरेक वर्ष यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरुको अवस्थामा खासै परिवर्तन हुन सकेको पाईंदैन । यद्यपी महिला अधिकारका बारेमा पछिल्ला दिनहरुमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको पाइन्छ ।

नेपालमा भने पहिलो पटकप त्रिभुवन राजा बनेको दिन यो दिवस मनाउन थालिएको थियो । त्यस समयमा नेपालका प्रधानमन्त्री चन्द्रशमशेर थिए । जसले कानून बनाएरै सती प्रथा उन्मूलन गरेका थिए । महिला दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारी तथा उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देश दिनुभएको छ ।

महिला दिवसको अबसरमा आज ओखलढुङ्गाका विभिन्न स्थानीय तह तथा वडाहरुमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । दिवसको अवसरमा कतिपय गाउँपालिकाहरुले एकल महिलाहरुलाई सम्मान कार्यक्रमको आयोजना पनि गरेका छन् ।