नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ओखलढुङ्गामा बोलेरो दुर्घटना, पाँच घाईते, १ को अबस्था गम्भिर

ओखलढुङ्गान्युज । फागुन २२, ओखलढुङ्गा । ओखलढुङ्गामा आईतवार विहानै चिशंखुगढी गाउँपालिकाको दियालेवाट ओखलढुङ्गा सदरमुकाम तर्फ आउदै गरेको बोलेरो दुर्घटनामा परेको छ । बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार ५ जना घाईते भएका छन् ।

चिशंखुगढी गाउँपालिकाको दियालेवाट ओखलढुङ्गा सदरमुकाम तर्फ आउदै गरेको प्र १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो सिद्धिचरण नगरपालिका वडा नं. ५ सिस्नेखोलामा दुर्घटनामा परेको हो । बोलेरो सडकवाट करीब ३० मिटर तल खसेको छ । बोलेरो दुर्घटना हुदा बोलेरोमा सवार ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक काफ्लेका अनुसार घाईते मध्ये १ जनाको अबस्था गम्भिर रहेको छ ।

घाईते हुनेहरु सबै चिशंखुगढी गाउँपालिका वडा नं. ३ पोखरेका रहेका छन् । घाईते हुनेहरुमा कुमारी श्रेष्ठ, कुमार श्रेष्ठ, टिका श्रेष्ठ, सिता भुजेल र हिमाल खतिवडा रहेका छन् । घाईते भएका मध्ये कुमारी श्रेष्ठको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बोलेरोमा ९ जना सवार रहेका थिए ।