नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

चालु आवमा चिशंखुगढीका ८० जना युवा लघुउद्यमी वन्दै

ओखलढुङ्गान्युज । फागुन २०, ओखलढुङ्गा । जिल्लाको चिशंखुगढी गाउँपालिकामा एकमहिने बाँसवाट निर्माण गरिने सामाग्री सम्बन्धीको तालिम सम्पन्न भएको छ । गरिवी निवारण लघुउद्यम विकास कार्यक्रम अन्तर्गत गत माघ १८ देखी सञ्चालन भएको तालिमको विहिबार समापन गरिएको हो ।

गाउँमा शैक्षिक योग्यताको प्रमाणपत्र लिएर पनि बेरोजगार भैरहेका युवाहरुलाई लक्षित गरेर लघु उद्यमी वनाउने उद्देश्य सहित एक महिने तालिम सञ्चालन गरिएको चिशंखुगढी गाँउपालिकाका उपाध्यक्ष सुष्मिका राईले बताउनुभयो । उपाध्यक्ष राईका अनुसार गरिवी निवारण लघु उद्यम कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षमा चिशंखुगढी गाउँपालिकाका ५० जना बढिले विभिन्न शिपमूलक तालिम लिईसकेका छन् । ३० जनाले तालिम लिईरहेका छन् ।

गाउँपालिकाले गरिवी निवारण लघुउद्यम कार्यक्रम अन्तर्गत नै यसभन्दा अगाडी कुईभिरमा डलकुसन निर्माण तालिम, भदौरेमा बुटिक सिलाई तालिम सम्पन्न गरिसकेको छ । त्यस्तै हाल पालिकाको पोखरेमा पनि डलकुसन निर्माण सम्बन्धि तालिम तथा रातमाटेमा कटाई सिलाई तालिम सञ्चालन गरिरहेको छ । तालिम लिएकाहरुले उत्पादन गरेको सामाग्रीहरुलाई गाउँपालिकावाट नै बजार प्रबर्धन गर्नेगरि समन्वय गरिरहेको उद्यम विकास सहजकर्ता भविका शाहीले जानकारी दिनुभयो ।