नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओ¥हालो लाग्यो सेयर बजार

ओखलढुङ्गान्युज फागुन १८, काठमाण्डौं अघिल्लो हप्ता घट्दो क्रममा रहेको नेपाली सेयर बजार यो साता पनि निरन्तर घटेको छ । बुधबार मात्रै सेयर बजार ६३ दशमलव ९८ अंकले घटेको छ ।

बुधबार दोहोरो अंकको गिरावट आएसँगै नेप्से परिसूचक २६ सय अंक भन्दा तल झरेको छ । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ५२ अंकले घटेको छ ।

नेप्से परिसूचकमा उच्च अंकको गिरावट आउदा कारोबार रकम पनि घटेको छ । बुधबार ५५ हजार २१२ कारोबारबाट २२८ कम्पनीका ७६ लाख ५२ हजार २०४ धितोपत्र कारोबार भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँमा रोकिएको छ ।