नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

युक्रेनको टेलिभिजन टावरमा आक्रमण, ५ को मृत्यु

ओखलढुङ्गान्युज । फागुन १८, प्रवास । विगत ६ दिने देखी निरन्तर युद्ध चलिरहेको युक्रेनमा छैठौं दिन रुसले युक्रेनको टेलिभिजन टावरमाथि आक्रमण गरेको छ । युक्रेनको राजधानी किभको एक टेलिभिजन टावर माथि आक्रमण हुदा ५ जनाको ज्यान गएको छ ।

अब युक्रेनमा लक्षित हमला गर्ने भनेर रुसले युक्रेनलाई चेतावनी दिएकै दिन टलिभिजन टावरमाथि आक्रमण भएको र ५ जनाको ज्यान गएको युक्रेनको आपत्कालीन सेवासम्बन्धी निकायले जनाएको छ । आक्रमणबाट टेलिभिजन टावरनजिकै रहेको यहुदी नरसंहारका पीडितहरूको सम्झनामा बनाइएको एउटा स्मारकमा समेत क्षति पुगेको युक्रेनले जनाएको छ ।

टेलिभिजन टावरमा हमलापछि सामाजिक सञ्जाल ट्विटरमार्फत् प्रतिक्रिया जनाउँदै युक्रेनी विदेश मन्त्रालयले रुसी अपराधीहरू आफ्नो बर्बरता देखाउन कतै पनि नरोकिने बताएको छ । यसअघि युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले रुसले सञ्चार सेवामा अवरोध उत्पन्न गराउने र युद्धमा युक्रेनको तर्फबाट आत्मसमर्पण गरिएको भन्ने मिथ्या खबर फैलाउने योजना बनाइरहेको बताएका थिए ।