नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गामा वाईसीएलको जिल्ला समन्वय समिति गठन

ओखलढुङ्गान्युज फागुन १७, ओखलढुङ्गा नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल ओखलढुङ्गाको जिल्ला समन्वय समितिको गठन गरेको छ । शोमबार भएको वाईसीएलको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमले सुवास खड्काको संयोजकत्वमा १९ सदस्यीय जिल्ला समन्वय समितिको गठन गरेको हो ।

शोमबार गठन गरिएको जिल्ला समन्वय समितिका अन्य सदस्यहरुमा सचिवमा भने महेश कुमार सुनुवार रहेका छन् । सदस्यहरुमा भने मिलन कुमार राई, टोकल श्रेष्ठ, पेशल राई, भोगधन राई, राजु मगर, सविन वि.क., सुशीला मगर, सुजन कटवाल, थल बहादुर मगर, तिर्थ भुजेल, जेरिम मगर, डम्बर बहादुर सार्की, मोहन कुमार राउत, राजेश बि.क., डोल बहादुर सुनुवार, उज्ज्वल रापचा, नीर बहादुर मगर रहेका छन् ।

जिल्ला समन्वय समिती गठन गर्न पूर्व ओखलढुङ्गामा वाईसीएलका युवाहरुले नारा जुलुस सहित बजार परिक्रमा गरेका थिए । समन्वय समिती गठन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय लेखा आयोगका संयोजक पेशल खतिवडा, पार्टीका केन्द्रिय सदस्य चम्पा कार्की आशा तथा पार्टीका प्रदेश सदस्य एवम् वाईसीएलका प्रदेश ईञ्चार्ज, प्रदेश अध्यक्ष, केन्द्रिय सदस्य लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।