नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

एमसीसीको विरुद्धमा ओखलढुङ्गामा विप्लव माओवादीको प्रदर्शन र प्रशासन घेराउ

ओखलढुङ्गान्युज फागुन १५, ओखलढुङ्गा आईतवार ओखलढुङ्गामा विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरुले एमसीसीको विरुद्धमा जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन् । सदरमुकाममा प्रदर्शन पछि जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेर प्रशासन कार्यालय घेराउ गरेका छन् ।

सरकारले एमसीसीलाई पास गर्न खोजेको भन्दै विप्लब नेतृत्वका करीब डेढ दर्जन माओवादी कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् । विप्लब माओवादी कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्नु अगाडी कालो व्यानरमा राष्ट्रघाती एमसीसी खारेज गरौं, सार्वभौम तथा राष्ट्रिय स्वाधिनताको रक्षा गरौ भन्ने नाराका साथ गणेशचोक देखी मुख्य बजारमा प्रदर्शन समेत गरेका थिए । 

एमसीसीको विरुद्धमा ओखलढुङ्गामा शुक्रबार साँझ नेकपा माओवादी केन्द्रका भातृ संगठन योङ्ग कम्युनिष्ट लिगका युवाहरुले राकेजुलुस प्रदर्शन गर्दै एमसीसीको खारेजीको माग गरेका थिए । एमसीसीको देशव्यापी विरोध प्रदर्शन भएपनि सरकारले भने पासगर्ने प्रकृयाको सुरुवात गरेको छ ।