नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

ज्ञानप्रकाश माविमा अखिल क्रान्तिकारीको मावि ईकाई कमिटि निर्माण

ओखलढुङ्गान्युज फागुन ११, चम्पादेवी नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी संगठन विस्तार तथा सुदृढिकरण अभियानमा लागेको छ । अभियान अन्तर्गत बुधवार चम्पादेवी गाँउँपालिकाको ज्ञानप्रकाश मावि घोराखोरीमा क्रान्तिकारी विद्यार्थी संगठनको पूनर्गठन गरेको छ ।

पुनर्गठन पश्चात माविमा अप्सरा विष्टको अध्यक्षतामा ५० सदस्यिय मावि ईकाई कमिटिको गठन गरेको अखिल क्रान्तिकारी जिल्ला कमिटि ओखलढुङ्गाका अध्यक्ष सुशान्त लामाले जानकारी दिए । अध्यक्ष लामाका अनुसार स्थानीय तहको निर्वाचनको समेत घोषणा भैसकेको अवस्थामा क्रान्तिकारी विद्यार्थी संगठनले आफ्नो संगठन विस्तार अभियानलाई तिब्रता दिनेछ ।

बुधबार घोषणा गरिएको मावि ईकाई कमिटिको अध्यक्षमा अप्सरा विष्ट, उपाध्यक्षमा कुमार सुनुवार र प्रतिक्षा खड्का, सचिवमा मेलिना श्रेष्ठ, सहसचिवमा मनिष कार्की र नम्रता श्रेष्ठ तथा कोषाध्यक्षमा सुजन कार्की सर्बसम्मत रुपमा चुनिएका छन् । अखिल क्रान्तिकारीको सचिव बनेकी श्रेष्ठ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको कोषाध्यक्ष पदवाट राजिनामा दिएर अखिल क्रान्तिकारीमा प्रबेश गरेकी हुन् ।