नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

प्रजातन्त्र दिवसमा ओखलढुङ्गाका ५ कैदी रिहाई

फायल तस्विर

ओखलढुङ्गान्युज । फागुन ७, २०७८ । शनिवार ओखलढुङ्गाको जिल्ला कारागारवाट ५ जना कैदी वन्दि रिहाई भएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ को अबसरमा ओखलढुङ्गाका ५ जना कैदी वन्दि आम माफी पाएर रिहाई भएका हुन् ।

प्रजातन्त्र दिवसको अबसरमा आममाफी पाएर रिहाई हुनेहरुमा सिनपाका सवारी ज्यान मुद्धाका १ जना, सुनकोशी गाउँपालिकाका लिखत किर्ते मुद्धाका १ जना तथा वहुविवाह  मुद्धाका सिद्धिचरण नगरपालिकाका ३ जना रहेको जिल्ला कारागार ओखलढुङ्गाका निमित्त प्रमुख नरेन्द्र कर्णले बताए । कर्णका अनुसार आममाफी पाएर जेल मुक्त हुने सूचिमा परेकालाई शनिवार विहान नै जेल मुक्त गरिएको छ ।

विभिन्न मुद्धामा कारागारमा केदि जिवन भुक्तानी गरिरहेकाहरुलाई नेपाल सरकारले प्रत्येक वर्ष प्रजातन्त्र दिवस र गणतन्त्र दिवसको अबसर पारेर जेल मुक्त गर्दै आएको छ । कसुर अनुसार जेल जिवनको केही समय भुक्तानी गरिरहेका र कैदी जिवनमा पनि राम्रो चालचलन देखाउने कैदीहरुलाई आममाफी दिदै नेपाल सरकारले जेलमुक्त गर्ने गरेको छ ।