नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

ओखलढुङ्गामा पनि वन्दको सामान्य प्रभाव

 

ओखलढुङ्गान्युज फागुन , ओखलढुङ्गा आज गरिएको नेपाल वन्दको असर ओखलढुङ्गामा पनि सामान्य परेको छ । एमसीसीको विरोधमा आज ६ राजनितीक दलले नेपाल बन्दको घोषणा गरेका थिए । जसका कारण ओखलढुङ्गामा पनि सवारी साधनहरु तथा शैक्षिक संघसंस्थाहरु सामान्य प्रभावित बनेका छन् ।

राजनितिक दलले बन्दको घोषणा गरेको भएपनि ओखलढुङ्गामा त्यसको केही असर नपरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले बताए । प्रहरी नायव उपरीक्षक काफ्लेका अनुसार आज विहानै देखी १० बजे सम्म काठमाण्डौं तथा पूर्व तर्फ जाने ४२ ओटा साना ठूला सवारी साधन ओखलढुङ्गाबाट छुटेका छन् । स्थानीय स्तरमा सञ्चालनमा रहेका कतिपय सवारी साधन भने आंशिक रुपमा मात्र सञ्चालन भएका छन् ।

बन्दका कारण ओखलढुङ्गाको मोलुङ गाउँपालिकाका विद्यालयहरुमा भने कक्षा तथा पठनपाठन हुन सकेन । शिक्षकहरु विद्यालय आएर कक्षा खोलेको भएपनि विद्यार्थीहरुको उपस्थिती न्युन भएकोले आफुहरुले पठनपाठन सञ्चालन गर्न नसकेको गाउँपालिकाका शिक्षकहरुले बताएका छन् ।

मोलुङ गाउँपालिका बाहेकका अन्य स्थानीय तहहरुमा भने विद्यार्थीको उपस्थिती कम भएपनि विद्यालय सञ्चालन भैरहेका छन् । जिल्ला सदरमुकाममा रहेको निजी बोर्डिङ स्कूलहरुले भने विद्यालय पुगेका बालबालिकाहरुलाई विद्यालयवाट फिर्ता पठाएका छन् ।