नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

ओखलढुङ्गामा मंगलबार थपिए ७ संक्रमित, २३ निको

ओखलढुङ्गान्युज । माघ २५, ओखलढुङ्गा । मंगलबार ओखलढुङ्गामा ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । मंगलबार २३ जनामा एन्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

मंगलबार थपिनेहरुमा सिद्धिचरण नगरपालिकाका ५ जना र लिखु गाउँपालिकाका २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका सुचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । मंगलबार ६ जना थपिए सँगै कोरोनाको तेश्रो लहरमा ओखलढुङ्गामा संक्रमित हुनेको संख्या २ सय ८८ पुगेको छ । 

मंगलबार नै २३ जना कोरोना भाइरसका संक्रमितहरु भने निको भएका छन् । योसँगै तेस्रो चरणमा संक्रमित भएर ओखलढुङ्गामा निको हुने संक्रमितको संख्या पनि २ सय ११ पुगेको सुचना अधिकारी पन्तले जानकारी दिए । अब जिल्लामा सक्रिय संक्रमित ७७ जना रहेका छन् । ती मध्ये २ जना संस्थागत आइशोलेसनमा र ७५ जना होम आइशोलेसनमा रहेको पनि पन्तले जानकारी दिए ।