नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

आजवाट रोकियो मतदाता नामावली संकलन

ओखलढुङ्गान्युज । माघ २५, काठमाण्डौं । निर्वाचन आयोगले आज अर्थात मंगलवारवाट मतदाता नामावली संकलनको कार्य बन्द गरेको छ । सरकारले बैशाख ३०, २०७९ का लागि स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै मतदाता नामावली संकलन स्थगित गरेको हो ।

निर्वाचन आयोग आगामी स्थानीय तहको निर्वाचनकालागि कार्यबिधी बनाउने र सामान खरिद गर्ने तर्फ लागि पर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको मिति घोषणा भैसकेकोले अन्तिम मतदाता नामावली प्रकाशन र निर्वाचनको तयारीमा समय लाग्ने भएकोले मतदाता नामावली संकलनको कार्य स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ ।

अब निर्वाचन आयोगले चुनावमा भाग लिने दलहरूलाई दल दर्ताको आह्वान गर्नुछ । आयोगले दर्ता भएका दललाई चुनाव चिह्न प्रदान गर्नेछ । आसन्न स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रक्रिया अघि बढाएको निर्वाचन आयोगले जनाएको छ ।