नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

बैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

ओखलढुङ्गान्युज । माघ २४, काठमाण्डौं । नेपाल सरकारले स्थानीय तहको निर्वाचन २०७९ सालको वैशाख ३० गते गर्ने निर्णय गरेको छ । शोमबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले आगामी बैशाख ३० गते नै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनवाट निर्वाचित जनप्रतिनिधीहरुको पदावधी आगामी २०७९ साल जेठ ५ गते सकिदैछ । जनप्रतिनिधीहरुको समयाबधी सकिनै लाग्दा समेत वर्तमान सरकारले स्थानीय तहको चुनाबको मिति घोषणा नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृसंगठनहरुले विरोधका कार्यक्रमहरु सुरुवात गरेका थिए । त्यस्तै एमसीसी र स्थानीय तहको चुनावको विषयमा आईतवार मात्र प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मावली बिच त्रिपक्षीय छलफल समेत भएको थियो ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपूर्व निर्वाचन आयोगले एकै चरणमा गर्ने भए बैशाख १४  र दुई चरणमा गर्ने भए बैशाख १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनाव जेठ  मसान्तभित्र गर्ने बताएपछि आयोगले जेठ ४ गतेलाई प्रस्ताव गरेको थियो ।

निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो ।