नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

प्रदेश नं. १ मा मन्त्रिमण्डल विस्तार, भागवण्डा मिलाउन ६ वाट १३ मन्त्रालय

ओखलढुङ्गान्युज । माघ २३, विराटनगर । प्रदेश नं. १ सरकारले आईतवार मन्त्रालय फुटाएर मन्त्रि मण्डल विस्तार गरेको छ । विस्तार गरेको मन्त्रिमण्डल अन्तर्गत नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

शपथ ग्रहण कार्यक्रममा मुख्यहमन्त्री राजेन्द्र राईलगायत अन्य उच्च  पदस्थअधिकारीहरूको समेत सहभागिता थियो । मुख्यमन्त्री राईले आईतवार नै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । आइतबारको मन्त्रिपरिषद् विस्तारसँगै अब प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।

विस्तार गरिएको मन्त्रालयका नवनियुक्त मन्त्रीहरू खानेपानी‚ सिँचाइ तथा ऊर्जामन्त्रीमा रामकुमार राई‚ सामाजिक विकासमन्त्रीमा राजन राई‚ पर्यटन तथा सांस्कृति मन्त्रीमा खिनु लङ्वा लिम्बू‚ कृषिमन्त्रीमा झलक बहादुर मगर‚ वन‚ वातावरण तथा भू(संरक्षणमन्त्रीमा शेखर चन्द्र थापा‚ उद्योग‚ श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगाम‚ भूमि व्यवस्था‚ सहकारी तथा गरिबी निवारणमन्त्रीमा ओमप्रकाश सरावगी  र यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा उपेन्द्र प्रसाद घिमिरेले शपथ लिएका लिएका छन् । 

प्रदेश १ मा ६ वटा मन्त्रालय विभाजन गरी १२ बनाइएको थियो । तर‚ भागबण्डा नपुगेपछि पुनः मन्त्रालय फुटाएर १३  बनाएको छ । मन्त्रालय फुटाउदै मन्त्रि नियुक्ति गरेर राज्यलाई आर्थिक भार थपेको भन्दै प्रदेश सरकारको चौतर्फी आलोचना भएको छ ।