नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

ओखलढुङ्गाका सबै गाउँपालिकामा हिउँ प¥यो, जनजिवन प्रभावित

फायल फोटो

ओखलढुङ्गान्युज माघ २१, ओखलढुङ्गा शुक्रबार राति विहानी पखदेखी ओखलढुङ्गामा परेको पानीका कारण जिल्लाका माथिल्लो भेगहरुमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण अहिले ति स्थानहरुमा बसोबास गर्ने नागरिकहरुको जनजिवन प्रभावित भएको छ ।

ओखलढुङ्गामा यो सिजनमा दोश्रो पटक हिमपात भएको हो । शुक्रबार परेको हिउले ओखलढुङ्गाका सबै स्थानीय तहहरुलाई छोएको छ । भूगोलको दृष्टिकोणले अलिक गर्मी महसुस गरिने मानेभञ्ज्याङ्ग गाउँपालिकाको वडा नं. ४ केत्तुकेको माथिल्लो भागमा समेत शुक्रबार हिउ परेको छ ।

बाक्लो हिमपातका कारण सिद्धिचरण लोकमार्ग अन्तर्गतको ओखलढुङ्गा–सोलुखुम्बु सडकखण्डमा यातायात सञ्चालनमा समस्या भएको छ । बाक्लो हिउका कारण सोलुखुम्बुबाट ओखलढुङ्गा हुदै काठमाण्डौं तर्फ जाने तथा ओखलढुङ्गावाट सोलुखुम्बु तर्फ जाने यात्रुहरुलाई समस्या भएको छ ।

शुक्रबार परेको हिउँका कारण विशेषगरि खिजिदेम्बा गाउँपालिका, मोलुङ गाउँपालिका तथा सिद्धिचरण नगरपालिकाका माथिल्लो भेगका नागरिकहरुको जनजिवन कष्टकर बनेको स्थानीयहरुले बताएका छन् ।