नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

बुधबार ओखलढुङ्गामा थपिए २६ संक्रमित, २० जना निको

ओखलढुङ्गान्युज । माघ १९, ओखलढुङ्गा । बुधबार ओखलढुङ्गामा कोरोना भाईरसका २६ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार ४५ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिने नयाँ संक्रमितहरुमा सुनकोशी गाउँपालिकामा १० जना, सिद्धिचरण नगरपालिकामा ८ जना, मोलुङ गाउँपालिकामा ४ जना रहेका छन् । त्यस्तै लिखु गाउँपालिकामा ३ जना र चिशंखुगढी गाउँपलिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । बुधबार थपिनेहरुमा १० जना पुरुष र १६ जना महिला रहेको पनि सूचना अधिकारी पन्तले जानकारी दिए ।

बुधबार नयाँ संक्रमित थपिएसँगै ओखलढुङ्गामा नयाँ संक्रमित हुनेको संख्या २ सय ३७ पुगेको छ । संक्रमित मध्ये १ सय ३३ जना होम आईशोलेसन र ५ जना अस्पतालको आईशोलेसनमा रहेको पनि सूचनाअधिकारी पन्तले जानकारी दिए । बुधबार नै २० जना संक्रमित भने निको भएका छन् । बुधबारसम्म कोरोना भाईरस संक्रमणबाट निको हुनेको संख्या ९९ पुगेको छ ।