नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

मंगलबार ओखलढुङ्गामा थपिए ७ संक्रमित, ३ जना निको

ओखलढुङ्गान्युज माघ ११, ओखलढुङ्गा ओखलढुङ्गा जिल्लामा मंगलबार ७ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । ७ जना नयाँ संक्रमित थपिदा ३ जना भने कोरोना भाईरस संक्रमण मुक्त भएका छन् ।

मंगलबार ओखलढुङ्गामा २३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना भाईरस संक्रमण पुष्ठि भएको स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकार पुष्पराज पन्तले जानकारी दिए । सूचना अधिकारी पन्तका अनुसार मंगलबार थपिएकाहरुमा २ महिला र ५ पुरुष छ । थपिएका संक्रमितहरुमा ४ जना सिद्धिचरण नगरपालिकाका र ३ जना चिशंखुगढी गाउँपालिकाका रहेको पनि सूचना अधिकारी पन्तले जानकारी दिए ।

जिल्लामा दैनिक संक्रमितको संख्या बढ्दै गर्दापनि परीक्षणको दायरा नबढाएको भन्दै नागरिकहरुले गुनासो गरेका छन् । अहिले मौसमी भाईरलका विरामीमा समेत कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकोले आवश्यकताका आधारमा परीक्षण बढाईने स्वास्थ्य कार्यालय रुम्जाटारले जनाएको छ ।