नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा कोरोना बढेको बढेकै, शोमबार थपिए १८ संक्रमित

ओखलढुङ्गान्युज माघ १०, ओखलढुङ्गा ओखलढुङ्गामा पछिल्ला दिनमा कोरोना भाईरस संक्रमण दरले नयाँ उचाई बढाउन थालेको छ । शोमबार मात्र ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

शोमबार पुष्टि हुनेहरुमा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका ४ जना सहित १८ जना रहेको स्वास्थ्य कार्यालय रुम्जाटारका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । सूचना अधिकारी पन्तका अनुसार शोमबार थपिएकाहरुमा सिद्धिचरण नगरपालिकाका ११ र चम्पादेवी गाउँपालिकाका ७ जना रहेका छन् । त्यसमध्ये ११ जना पुरुष र ७ जना महिला रहेका छन् ।

शोमबार थपिएसँगै ओखलढुङ्गाका कोरोना भाईरस संक्रमित हुनेको संख्या ५९ पुगेको छ । कूल संक्रमित मध्ये शोमबार सम्म ४ जनाले भने संक्रमणलाई जितेका छन् । संक्रमित भएकाहरु मध्ये २ जना स्ंस्थागत आईशोलेसन र ५३ जनाले होम आईशोलेसनमा बसी स्वास्थ्य लाभ गरिरहेका छन् ।