नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा बुधबार थपिए कोरोनाका ४ संक्रमित

ओखलढुङ्गान्युज । माघ ५, ओखलढुङ्गा । बुधबार ओखलढुङ्गा जिल्लामा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार ८ जनामा एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

बुधबार सुनकोशी गाउँपालिका ७ का २ जना पुरुष, चिशंखुगढी गाउँपालिका ४ कि १ महिला र सोलुखुम्बु जिल्ला सोताङ ४ का १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गा सुचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । पन्तका अनुसार मंगलबार मात्रै ओखलढुङ्गामा १२ जनाको कोरोना परीक्षण गर्दा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

बुधबार ४ थपिएसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमणको तेश्रो लहरबाट संक्रमित हुनेको संख्या १८ पुगेको छ । सक्रिय संक्रमित मध्ये १ जना संस्थागत र १६ जना होम आइशोलेसनमा रहेको पनि सुचना अधिकारी पन्तले जानकारी दिए । १ जना निको भएका छन् ।