नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

सेवा क्यानडा ईन्टरनेशनलले दियो कुन्तादेवीलाई रंगिन भिडियो एक्सरे मेशिन

ओखलढुङ्गान्युज पुष २९, कुन्तादेवी जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ मा रहेको कुन्तादेवी स्वास्थ्य चौकीलाई सेवा क्यानडा ईन्टरनेशनलले भिडियो एक्सर (युएसजी) मेशिन हस्तान्तरण गरेको छ । कुन्तादेवीका स्थानीय एवम् सेवा क्यानडा ईन्टरनेशनलका प्रतिनिधी बालकृष्ण दाहाल मार्फत विहिबार स्वास्थ्य चौकीलाई उक्त मेशिन हस्तान्तरण गरिएको हो ।

पोखरामा स्थायी ठेगाना रहेको सेवा क्यानडा ईन्टरनेशनलले विगतमा पनि सुनकोशी गाउँपालिकाको कटुञ्जे स्वास्थ्य चौकीलाई पनि एकथान भिडियो एक्सरे, अक्सिजन कन्सनट्रेटर तथा कुन्तादेवी स्वास्थ्य चौकीलाई ३ थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको थियो । यस अगाडी नै संस्थाले सोलुखुम्बु जिल्लाका २७ ओटा स्वास्थ्य चौकीहरुलाई समेत विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराईसकेको छ ।

गत वर्ष कटुञ्जेमा रहेको स्वास्थ्य चौकीलाई व्ल्याक एण्ड ह्वाईट एक्सरे मेशिन उपलब्ध गराएको भएपनि स्वास्थ्य चौकीको माग अनुसार कुन्तादेवी स्वास्थ्य चौकीलाई भने कलर भिडियो एक्सरे र २ थान प्रिन्टर उपलब्ध गराएको स्वास्थ्य चौकी कुन्तादेवीका ईञ्चार्ज नरेन्द्र ढकालले जानकारी दिए । ढकालका अनुसार भिडियो एक्सरे सामान उपलब्ध भएसँगै एक्सरे गराउनु पर्ने विरामीहरुको एक्सरे गराई थप उपचार सिफारिस गर्न सहज भएको भन्दै सामाग्री उपलब्ध गराउने संस्था तथा संस्थाका प्रतिनिधीलाई ढकालले धन्यवाद दिएका छन् ।