नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

नायब सुब्बा पदमा जागिर खुल्यो

ओखलढुङ्गान्युज पुष २८, काठमाण्डौं पछिल्ला दिनहरुमा लोकसेवाले सयौंको संख्यामा सरकारी जागिरका लागि आवेदन खुल्ला गरेको छ । सरकारी जागिर खान ईच्छुक भएका र योग्यता पुगेका नागरिकहरुलाई यो अवसर लोक सेवा आयोगले सृजना गरेको छ ।

बुधबार मात्रै लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधक) नायव सुब्बा पदका लागि करिब अढाई सय जनाका लागि दरखास्त आह्वान गरेको छ । केहिदिन अगाडी पनि लोकसेवा आयोगले विभिन्न पदका लागि जागिर खुलाएको थियो भने शिक्षक सेवा आयोगले पनि दरखास्त आह्वान गरिरहेको छ ।

आयोगले बुधबार मात्रै सूचना जारी गर्दै विभिन्न सेवा समूहका लागि खुला तथा समावेशी पदको विज्ञापन जारी गरेको हो । दरखास्त माघ १८ गतेसम्म दिन सकिने छ। दोब्बर दस्तुरमा माघ २५ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त  http://psconline.psc.gov.np बाट पनि दिन सकिने जनाइएको छ।

दरखास्तका लागि १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला तथा अपांगता भएकाहरूका हकमा ४० वर्ष ननाघेको हुनुपर्ने आयोगले जनाएको छ।