नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गामा मंगलबार २ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ भेरियन्टको आशंका

ओखलढुङ्गान्युज पुष २७, ओखलढुङ्गा लामो समयपछि ओखलढुङ्गामा मंगलबार पुनः दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार एन्टिजेन टेष्ट गर्दा जिल्लाको सिद्धिचरण नगरपालिकाका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

मंगलबार जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारमा १२ जनाको एन्टिजेन परिक्षण गर्दा २ जनाको रिपोटै पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । मंगलबार दुई संक्रमित भेटिएपछि उनीहरुमा नयाँ भेरियन्टको आशंका गरिएको छ ।

सूचना अधिकारी पन्तका अनुसार पोजेटिभ रिपोर्ट आएका दुवै संक्रमितहरुमा कोभिड मात्रै हो या नयाँ भेरियन्ट पनि हो भन्ने बारेमा थप परीक्षणका लागि पहल भैरहेको छ । कोभिड संक्रमण परीक्षणका लागि एन्टिजेन टेष्ट गर्नुभन्दा बाहेक ओखलढुङ्गामा अरु प्रबिधी छैन । नयाँ भेरियन्ट हो हैन भनेर परीक्षणका लागि काठमाण्डौंमा नै लैजानु पर्ने भएकोले माथिल्लो निकायमा समन्वय भैरहेको पनि सूचना अधिकारी पन्तले जानकारी दिए ।