नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

दर्ता नभएका सञ्चारमाध्यम प्रकृयामा आउनुस ः अध्यक्ष बस्नेत

ओखलढुङ्गान्युज पुष २७, ओखलढुङ्गा प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दर्ता नभई सञ्चालनमा रहेका सञ्चार माध्यमहरुलाई प्रकृयामा आउन आग्रह गरेका छन् । मंगलबार ओखलढुङ्गामा प्रेस काउन्सील नेपालको आयोजना तथा पत्रकार महासंघ ओखलढुङ्गाको समन्वयमा भएको पत्रकार आचारसंहिता जागरण तथा मिडीया प्रतिको जनगुनासो सुनुवाई कार्यक्रममा यस्तो बताएका हुन् ।

पछिल्ला दिनहरुमा देशमा हजारौको संख्यामा सञ्चारमाध्यमहरु सञ्चालनमा रहेको भएपनि अधिकांश अनलाईन सञ्चार माध्यम दर्ता विना नै सञ्चालन भएको बताए । दर्ता विना नै सञ्चालन भएको सञ्चार माध्यमका कारण सञ्चार माध्यम तथा तिनमा कार्यरत रहेका पत्रकार तथा सञ्चारकर्मीहरु समस्यामा परेको बेला सहयोग गर्न नसकिने भन्दै प्रकृयामा आएर सञ्चालन गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा प्रेस काउन्सीलका बोर्ड सदस्य ठाकुर बेल्बासेले पत्रकार तथा सञ्चारमाध्यमहरुको सर्वोच्च अदालतको पनि अदालत प्रेस काउन्सील भएको बताए । समाजलाई सहिदिशा तर्फ लैजान पत्रकारहरुको महत्वपुर्ण भूमिका रहेको भन्दै पत्रकारहरुलाई लाग्दै आउने गरेको एककप चियामा विक्ने र झोले हुन् भन्ने मानसिकतालाई अन्त्य गराउन पत्रकार आफै सजग हुनुपर्ने बताए ।

छलफलका क्रममा सहभागीहरुले प्रतिशोध साध्ने र निषेधात्मक पत्रकारीता गर्नेलाई अनुगमन पश्चात कार्वाही गर्न काउन्सीललाइ सुझाव दिएका थिए । त्यस्तै समाजमा अश्लिल फैलने खालका समाचारका शब्द पोष्ट नहुने व्यवस्थाका लागि काउन्सिलले पहल गर्न आग्रह गरे । नैतिकता हराएपछि आचार संहिता आवश्यकता पर्ने बताउदै छलफलका सहभागीहरुले समाचारलाई टे«डिङमा लाने बहानामा कतिपय सञ्चार माध्यमहरुले झुटा र तथ्यहिन समाचार प्रकाशन प्रसारण गर्ने भएकोले उनीहरुलाई समेत नियमन गर्ने गरि कानून निर्माण गर्न समेत सुझाएका थिए ।