नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

ओखलढुङ्गा एमाले अध्यक्षमा शंकर कट्वाल र सचिवमा कमल न्यौपाने विजयी

ओखलढुङ्गान्युज पुष २६, ओखलढुङ्गा नेकपा एमाले ओखलढुङ्गाको जारी नवौं जिल्ला अधिबेशनवाट जिल्ला अध्यक्षमा शंकर कटवाल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी सिताराम गुरुङलाई १ सय बढी मतान्तरले पटि पार्दै विजयी बनेका हुन् ।

अध्यक्षमा निर्वाचित कटवालले कुल खसेको ७५१ मत मध्ये ४०० मत पाएका छन् भने गुरुङले २७६ मत मात्र पाएका छन् ।

त्यसैगरि उपाध्यक्षमा भने पूर्व संविधान सभा सदस्य हर्कबोल निर्वाचित भएका छन् । राईले उपाध्यक्ष पदमा लोकप्रिय ४१३ मत सहित निर्वाचित भएका हुन् ।  राईका निकटतम प्रतिद्वन्द्वी रञ्जित धमलाले भने २४६ मत पाए ।

त्यसैगरि जिल्ला सचिवमा कमल न्यौपाने विजयी भएका छन् । न्यौपाने ३५६ मत सहित विजयी बनेका हुन् । प्रतिद्वन्द्वी तीर्थ सुवेदीलाई हराउँदै न्यौपाने विजयी भएका हुन् । सचिव पदका उम्मेदवार सुवेदीले भने २९१ मत पाएका थिए ।

त्यसैगरि २ उपसचिव पदमा मणिराज राई र अशोक थापा विजयी भएका छन् । उपसचिव पदका उम्मेदवार राईले ३५४ तथा अशोक थापाले ३३५ मत पाएका थिए । त्यस्तै अर्का उपसचिव पदका उम्मेदवारहरु केशव ढुङ्गेलले २४३, भक्त कार्कीले १५९ र सञ्जु श्रेष्ठले ११९ मत ल्याएका थिए ।

जिल्ला समितिका पदाधिकारीहरुको मतपरिणाम मिश्रित आएको छ । निर्वाचित भएका पदाधिकारीहरु मध्ये अध्यक्ष शंकर कटवाल, सचिव कमल न्यौपाने र उपसचिव अशोक थापा प्रदेश सांसद गुरुङ तथा पूर्व संविधान सभा सदस्य बालकृष्ण ढुङ्गेल समूहका हुन् भने उपाध्यक्ष हर्कवोल राई र उपसचिव मणिराज राई संघिय सांसद यज्ञराज सुनुवार तथा किशोर अधिकारी समूहका हुन् ।