नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

एमाले अधिबेशन अपडेट ः ६०० गन्दा मतान्तर बढाउदै कटवाल

ओखलढुङ्गान्युज । पुष २६, ओखलढुङ्गा । नेकपा एमालेको जारी नवौं जिल्ला अधिवेशन अन्तर्गत पदाधिकारीको ६०० मतगणना सकिएको छ । साँझ साढे ५ बजे देखि सुरुवात भएको मतगणनाको पहिलो मत परिणाम सार्वजनिक भएको हो ।

सार्वजनिक भएको पहिलो मतपरिणाम अनुसार अध्यक्ष पदमा शंकर कटवालले लिड गरेका छन् । सार्वजनिक भएको मत परिणाम अनुसार शंकर कटवालले ३०१ र सिताराम गुरुङले २३९ मत पाएका छन् । कटवालले ६२ मतले अग्रता लिएका हुन् ।

त्यस्तै उपाध्यक्ष पदमा हर्कबोल राइले ३४७ मत पाएका छन् भने अर्का उम्मेदवार रन्जित कुमार धमलाले १७९ मत पाएका छन् ।

त्यसैगरि सचिवमा कमल न्यौपानेले २५७ र तिर्थ सुवेदीले २५४ मत पाएका छन् । उपसचिवमा पनि अशोक थापा २५५, केशबहरि ढुङ्गेल १७२, भक्त कार्की १४०, मणिराज राई ३०५, सञ्जु श्रेष्ठले ९९ मत पाएका छन् ।