नेपाली समय Loading...२०८१ बैशाख २८ शुक्रबार

एमाले अधिबेशन अपडेट ः ४०० गन्दा अध्यक्षमा कटवालको अग्रता कायमै

 

ओखलढुङ्गान्युज । पुष २६, ओखलढुङ्गा । नेकपा एमालेको जारी नवौं जिल्ला अधिवेशन अन्तर्गत पदाधिकारीको ४०० मतगणना सकिएको छ । साँझ साढे ५ बजे देखि सुरुवात भएको मतगणनाको पहिलो मत परिणाम सार्वजनिक भएको हो ।

सार्वजनिक भएको पहिलो मतपरिणाम अनुसार अध्यक्ष पदमा शंकर कटवालले लिड गरेका छन् । सार्वजनिक भएको मत परिणाम अनुसार शंकर कटवालले १८३ र सिताराम गुरुङले १७० मत पाएका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा हर्कबोल राइले २५० मत पाएका छन् भने अर्का उम्मेदवार रन्जित कुमार धमलाले ९९ मत पाएका छन् ।

त्यसैगरि सचिवमा कमल न्यौपानेले १४२ र तिर्थ सुवेदीले १९८ मत पाएका छन् । उपसचिवमा पनि अशोक थापा १४५, केशबहरि ढुङ्गेल ९९, भक्त कार्की १०७, मणिराज राई २२२, सञ्जु श्रेष्ठले ७७ मत पाएका छन् ।