नेपाली समय Loading...२०८१ बैशाख २८ शुक्रबार

एमाले अधिबेशन अपडेट ः पदाधिकारीको २०० मतगणना सकियो

ओखलढुङ्गान्युज । पुष २६, ओखलढुङ्गा । नेकपा एमालेको जारी नवौं जिल्ला अधिवेशन अन्तर्गत पदाधिकारीको २०० मतगणना सकिएको छ । साँझ साढे ५ बजे देखि सुरुवात भएको मतगणनाको पहिलो मत परिणाम सार्वजनिक भएको हो ।

सार्वजनिक भएको पहिलो मतपरिणाम अनुसार अध्यक्ष पदमा शंकर कटवालले लिड गरेका छन् । सार्वजनिक भएको मत परिणाम अनुसार शंकर कटवालले ९१ र सिताराम गुरुङले ८७ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा हर्कबोल राइले ११४ मत पाएका छन् भने अर्का उम्मेदवार रन्जित कुमार धमलाले ६० मत पाएका छन् ।

त्यसैगरि सचिवमा कमल न्यौपानेले ७३ र तिर्थ सुवेदीले ९६ मत पाएका छन् । उपसचिवमा पनि अशोक थापा ६८, केशबहरि ढुङ्गेल ४८, भक्त कार्की ६५, मणिराज राई १०५, सञ्जु श्रेष्ठले ३८ मत पाएका छन् ।