नेपाली समय Loading...२०८१ बैशाख २८ शुक्रबार

एमाले अधिबेशन ः सर्वाधिक रुचाईए दुई वडा अध्यक्ष, सांसद सुनुवारलाई धक्का

ओखलढुङ्गान्युज । पुष २६, ओखलढुङ्गा । नेकपा एमाले ओखलढुङ्गा जिल्लाको नवौं जिल्ला अधिबेशनको मतगणना कार्य जारी रहेको छ । जारी मतगणना अनुसार खुल्ला जिल्ला सदस्य पदका उम्मेदवारहरुको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएको मत परिणाम अनुसार खुला जिल्ला सदस्य पदमा पुराना भन्दा मतदाताहरुले युवा पुस्तालाई रुचाएको पाईएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा कम उमेरमा नै वडा अध्यक्षमा निर्वाचित भएका मानेभञ्ज्याङ्ग गाउँपालिकाका वडा अध्यक्ष उमेश कार्की र सुनकोशी गाउँपालिकाका वडा अध्यक्ष झनक कार्की सर्वाधिक रुचाईएका जिल्ला सदस्य बनेका छन् । दुवैजना वडा अध्यक्षहरुले जिल्ला सदस्य पदमा ३ सय मत कटाएका छन् ।

नवौ जिल्ला अधिबेशनमा निर्वाचित हुने अन्य सदस्यहरुमा बुद्ध श्रेष्ठ, निशान श्रेष्ठ, लिलादेवी धमला, दिनेश श्रेष्ठ, कल्पना राई, बल बहादुर परियार र सोभितमान गुरुङ रहेका छन् । जारी अधिबेशनको खुला सदस्य पदमा दुईजना महिला पनि निर्वाचित भएका हुन् ।

जारि जिल्ला अधिबेशनमा संघिय सांसद यज्ञराज सुनुवारलाई भने धक्का लागेको छ । निर्वाचित भएका ९ जना खुला जिल्ला सदस्यहरु मध्ये संघिय सांसद यज्ञराज सुनुवार पक्षका ३ जनामात्रै निर्वाचित भएका छन् । सांसद सुनुवार पक्षका खम्बा मानिएका जिल्ला सदस्य पदका उमेदवारहरुले चुनावमा हार व्यहोरेका छन् ।