नेपाली समय Loading...२०८१ बैशाख २८ शुक्रबार

एमाले ओखलढुङ्गा अधिबेशन अपडेट ः मतगणना जारी

ओखलढुङ्गान्युज पुष २६, ओखलढुङ्गा नेकपा एमाले ओखलढुङ्गाको जारी नवौं जिल्ला अधिबेशन अन्तर्गत नयाँ जिल्ला कार्यसमिति अन्तर्गत आईतवार भएको मतदानको मतगणना जारी छ । आईतवार अपरान्ह ४ बजेवाट सुरु भएको मतदान राती ११ बजेसम्म जारी रहेको थियो ।

आईतवार साँझ भएको मतदानमा ४ सय ८७ मत रहेको भएपनि ४ सय ५१ मत मात्र खसेको थियो । मतदान कार्य सकिना साथ राति देखी नै मतगणना कार्य भैरहेको छ । राति देखी जारी मतगणनामा शोमबार विहान सम्म जिल्लाका आठओटै स्थानीय तहका पालिका क्लष्टरवाट जिल्ला सदस्य हुनेको मतगणना कार्य सकिएको छ । पालिका क्लष्टरवाट निर्वाचित हुने जिल्ला सदस्यहरुको मतपरिणाम लगभग आएपनि निर्वाचन समितिले मतपरिणाम भने सार्वजनिक गरेको छैन ।

मतदाताहरुले जिल्ला कार्य समितिका पदाधिकारीको मतपेटिकामा पालिका क्लष्टरका जिल्ला सदस्यहरुको मतपत्र समेतसँगै राखेको हुनसक्ने आशंकामा मतपरिणाम सार्वजनिक नगरेको हो । पालिका क्लष्टरका जिल्ला सदस्यहरुको मतगणना कार्य गर्दा खुल्ला जिल्ला सदस्य एवम् पदाधिकारीहरु छनौटको मतपत्र समेत पाईएकोले पदाधिकारीको मतपेटिकामा पालिका क्लष्टरका जिल्ला सदस्यको समेत मतपत्र हुनसक्ने भएकोले मतपरिणाम सार्वजनिक नगरेको निर्वाचन मण्डलले जनाएको छ ।

पालिका क्लष्टरको मतगणना सकिना साथ १ घण्टाका लागि भन्दै मतगणना कार्य अहिले भने रोकिएको छ । अब विहान साढे ८ बजेवाट जिल्ला पदाधिकारी तथा खुल्ला सदस्यहरुको मतगणना कार्य सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।