नेपाली समय Loading...२०८१ बैशाख २८ शुक्रबार

एमाले ओखलढुङ्गा अधिबेशन अपडेट ः  अध्यक्षमा गुरुङ र कटवालको प्रतिष्पर्धा

ओखलढुङ्गान्युज पुष २५, ओखलढुङ्गा नेकपा एमाले ओखलढुङ्गाको नवौं जिल्ला अधिबेशन जारी रहेको छ । जारी अधिबेशनले निर्वाचित गर्ने नयाँ नेतृत्वका लागि अध्यक्ष पदका प्रत्यासी सिताराम गुरुङ र शंकर कटवालको प्यानलै प्रतिष्पर्धा हुने भएको छ ।

उम्मेदवारी मनोनयन दर्ता हुने समय अगाडी सम्म अध्यक्ष पदका लागि आधा दर्जनले दावी गरेको भएपनि अन्तिममा अध्यक्ष पदका लागि सिताराम गुरुङ र शंकर कटवालले मात्र उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् । अध्यक्ष पदका दुवै प्रत्यासी उम्मेदवारहरुले सदस्य बाहेकका पदमा प्यानलै उमेदवारी दिएका छन् ।

आईतवारका लागि तय गरिएको मतदानका लागि अध्यक्ष पदका प्रत्यासी गुरुङको प्यानलवाट उपाध्यक्षमा हर्कबोल राई, सचिवमा तिर्थराज सुवेदी र उपसचिवमा मणिराज राई र भक्त कार्कीले उम्मेदवारी दिएका छन् । त्यस्तै अध्यक्ष पदका प्रत्यासी कटवालको प्यानलवाट उपाध्यक्षमा रञ्जित कुमार धमला, सचिवमा तिर्थराज सुवेदी, उपसचिवमा अशोक थापा र केशवहरि ढुङ्गेलले उम्मेदवारी दिएका छन् । उपसचिव पदमा सञ्जु श्रेष्ठले पनि प्यानल वाहिरवाट उम्मेदवारी दिएका छन् ।

योसँगै पदाधिकारी ५ पदका लागि ११ जनाले उम्मेदवारी दिएका हुन् । त्यस्तै सदस्य पदमा १ सय २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएका मध्ये निर्वाचित हुने पालिका क्लष्टर जिल्ला सदस्य पदका लागि भने पालिकावाट नै निर्वाचित हुने प्राबधान निर्वाचन समितिले राखेको छ । मतदान प्रकृया अपरान्ह ४ बजेवाट बेलुकी ७ बजेसम्म हुने निर्वाचन तालिकामा उल्लेख छ ।