नेपाली समय Loading...२०८१ बैशाख २८ शुक्रबार

एमाले जिल्ला अधिबेशन अपडेट ः उम्मेदवारी मनोनयन स्थकित

ओखलढुङ्गान्युज पुष २४, ओखलढुङ्गा नेकपा एमाले ओखलढुङ्गाको नवौं जिल्ला अधिबेशन अन्तर्गत शनिवारवाट सुरु भएको निर्वाचन प्रकृया अन्तर्गत उम्मेदवारी मनोनयन दर्ता रोकिएको छ ।  निर्वाचन प्रकृया थालेसँगै ओखलढुङ्गाको एमाले नेतृत्वका लागि शनिबार साँझ ६ः१० देखी ६ः४० सम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यसूचि निर्वाचन समितिले राखेको थियो ।

शनिवार साँझ मनोनयन सकेर आईतवार दिउसो १ बजेवाट जिल्ला समन्वय समितिको सभाहलमा मतदान गर्ने कार्यसूचि निर्वाचन समितिले सार्वजनिक गरेको थियो । तर मतदान प्रकृयामा सहभागी हुनका लागि स्थानीय पालिका तथा वडाहरुबाट आउने प्रतिनिधीहरुको नामावली टुङ्गो लाग्न नसक्दा उम्मेदवारी मनोनयन दर्ता शनिवार स्थकित भएको हो । स्थानीय पालिकाले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार अब आईतवार हुने मतदान प्रकृयामा ७ सय ९२ जना प्रतिनिधीहरुले सहभागीता जनाउन पाउनेछन् ।

प्रतिनिधीहरुको नामावलीको टुङ्गो लगाउन र उनीहरुको नामावली सार्वजनिक गर्न निर्वाचन समितिलाई समय अभाव भएको भन्दै शनिवारको कार्यसूचिलाई आईतवार सारिएको छ । निर्वाचन सम्बन्धि बाँकी रहेका कामलाई आइृतवार विहानदेखि सूचारु गरेर सहमती नभएमा आईतवार नै लोकतान्त्रिक विधी र पद्धती अनुसार मतदानको प्रकृया अबलम्बन गरिने निर्वाचन समितिले जनाएको छ ।

एमालेको जारी अधिबेशनबाट नयाँ अध्यक्षका लागि करीब आधा दर्जन नेताहरुले आकांक्षा देखाएपनि अन्तिममा नेता शंकर कटवाल र नेता सिताराम गुरुङका बिचमा मात्र अध्यक्ष पदका लागि मतदान हुन सक्ने एमाले नेताहरुले बताएका छन् । यद्धपी उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम बाकी रहेकोले को को चुनावी प्रतिष्पर्धामा जान्छन् हेर्न बाँकी छ ।

अध्यक्ष पदका उम्मेदवार कटवाललाई पूर्व मन्त्री तथा प्रदेश सांसद अमिरबाबु गुरुङको समर्थन छ भने अध्यक्ष पदका दावेदार हर्कबोल राईलाई व्याक गराई सिताराम गुरुङलाई समर्थन गर्ने पक्षमा संघिय सांसद यज्ञराज सुनुवार देखिएको एमाले नेताहरुले बताएका छन् ।