नेपाली समय Loading...२०८१ बैशाख २८ शुक्रबार

एमाले जिल्ला अधिबेशन अपडेट ः चुनाव नै हुने, निर्वाचन प्रकृया सुरु

ओखलढुङ्गान्युज पुष २४, ओखलढुङ्गा नेकपा एमाले ओखलढुङ्गाको नवौं जिल्ला अधिबेशन अन्तर्गत शनिवारवाट निर्वाचन प्रकृयाको सुरुवात भएको छ । जिल्ला नेतृत्वको अध्यक्ष पदमा आकांक्षीहरुले आफ्नो दावी कायम राखेर सर्वसम्मत हुने सम्भावना नदेखिएपछि निर्वाचन समितिले निर्वाचनको प्रकृया थालनी गरेको हो ।

जारी जिल्ला अधिबेशनमा निर्वाचन प्रकृयाको सुरुवात भएसँगै एमाले ओखलढुङ्गाको जिल्ला अधिबेशनको समयाबधी लम्बिएको छ । जिल्ला अधिबेशनको अबधी लम्बिएसँगै टाढाबाट आएका प्रतिनिधीहरु भने जिल्ला नेतृत्वसँग रुष्ट भएका छन् । तथापी लोकतान्त्रीक विधि र पद्धतीको विकास हुने भएकोले त्यसलाई सहर्ष स्विकार गर्नुको विकल्प नभएको भने उनीहरुको भनाई छ ।

यो समाचार तयार पार्दैगर्दासम्म निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको छैन । निर्वाचन समितिका अनुसार थोरै प्राबिधिक समस्याका कारण तोकिएको समयसिमा भित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्न सकेको छैन । अन्तिम मतदाता नामावली प्रकाशन नहुदा जिल्ला अधिबेशनमा नेतृत्व छनौटका लागि कतिजना प्रतिनिधीले मतदान गर्न पाउछन् भन्ने टुङ्गनो लागेको छैन । यद्धपी ७ सय ८५ जना पार्टी प्रतिनिधीहरुले निर्वाचन प्रकृयामा भाग लिन पाउने एमाले ओखलढुङ्गाले जनाएको छ । जसका कारण निर्वाचन प्रकृयामा केही समय ढिला हुने देखिएको छ ।

सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार शनिवार साँझ ५ः१० सम्म अन्तिम मतदाता नामावली प्रकाशन, ५ः१० देखी ६ः१० सम्म उम्मेदवार मनोनयन दर्ता फारम वितरण तथा ६ः१० देखी ६ः४० सम्म उम्मेदवार मनोनयन दर्ता, ६ः५० मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन, ७ः१० सम्म उम्मेदवारको विरुद्धमा दावी बिरोध पेश गर्ने समय तोकेको छ । बाकी निर्वाचनको प्रकृया भने पुष २५ गते विहान ९ बजेवाट जिल्ला समन्वय समितिको सभाहलमा हुने एमाले अधिबेशन निर्वाचन समितिले जनाएको छ ।

एमाले ओखलढुङ्गाको नवौं जिल्ला अधिबेशनको निर्वाचन तालिका यस्तो छ ः