नेपाली समय Loading...२०८१ बैशाख ५ बुधबार

सेन्ट्रलजोन महिला भलिवलको उपाधी नेपालको कब्जामा

ओखलढुङ्गान्युज पुष १३, काठमाण्डौं भलिवलको नेपाली महिला टिमले एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलवार भएको फाईनल प्रतिष्पर्धामा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै दोश्रो पटक च्याम्पियन बनेको हो ।

मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको फाईनल प्रतिष्पर्धामा नेपालले पहिलो सेट २५–२४ ले जितेको थियो । तर दोस्रो सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भयो । तेस्रो सेट नेपालले २५–१५ ले जित्यो । चौंथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्दै खेल २–२ को अवस्थामा पुर्याए ।

त्यसपछि दबाबका विच भएको पाँचौं सेटमा १५–१० ले आफ्नो बनाउँदै नेपालले उपाधि रक्षा गरेको हो । यससँगै यो सिजनको खेलमा नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो । यस्तै सेन्ट्रल जोनको महिलातर्फ नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । नेपालको यो दोस्रो अन्तराष्ट्रिय उपाधि समेत हो ।