नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

चम्पादेवीमा ८ कक्षामा पढ्ने बालीका आत्महत्या ! दोषी को ?

ओखलढुङ्गान्युज । पुष ७, ओखलढुङ्गा । विद्यालयका बालिकाले आत्महत्या गरेको विषयमा आत्महत्या दुरुत्साहन मुद्धा परेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले विद्यालय व्यबस्थापन समितिका एक अध्यक्षलाई नियन्त्रणमा लिएको छ । जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ३ वालज्योती मावि चित्रेका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालिकाले आत्महत्या गर्नुमा विद्यालय प्रशासन र विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मुख्य दोषि रहेको भन्दै मृतक बालिकाका पक्षले प्रहरीमा आत्महत्या दुरुत्साहन मुद्धा दर्ता गराउन खोजेको थियो । अनुसन्धान भैरहेको भन्दै प्रहरीले मुद्धा दर्ता गराउन नमानेको पिडित पक्षको आरोप छ । प्रहरीले मुद्धा दर्ता गर्न नमानेपछि वालिकाको शबलाई पोष्ट मार्टमका लागि रुम्जाटार अस्पतालमा त्यसै राखिएको थियो । बालिकाको परिवारले मुद्धा दर्ता नभएसम्म शब नबुझ्ने बताएपछि शब झण्डै ३० घण्टा सम्म जिल्ला अस्पतालको शब गृहमा राखिएको थियो । बुधबार प्रहरीले मुद्धा दर्ता गरेपछि भने शबको पोष्ट मार्टम गरि परिवारलाई बुझाईएको छ ।

यस्तो थियो घटना विवरण

स्थानीय तहको चुनावी झल्को दिने गरि केहिदिन अगाडी मात्रै विद्यालय व्यबस्थापन समितिको चुनाव नै भएको थियो । चुनावी प्रतिस्पर्धाबाट विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा राजु बुढाथोकी निर्वाचित भएका थिए । बुढाथोकी अध्यक्षमा निर्वाचित भएपछि विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । जुन् स्वभाविक पनि थियो । उनी विद्यालय गएर व्यबस्थापन पक्षमा निगरानी गर्न थाले । विद्यार्थी विद्यालयमा जाने आउने, पढाईको समयमा विद्याथी कतिको बाहिर निस्कन्छन भन्ने बारेमा निगरानी गर्न थाले । तर उनको निगरानी शिक्षकहरुमा भने लागू भएन । शिक्षकहरु पनि आफ्नो बानी सुधार्न लागि रहेका थिए । तथापी सुधारोन्मुख नै थियो ।

सधै झै शोमबार पनि विद्यालय खुल्दै थियो । त्यो दिन विद्यालयका प्रधानाध्यापक मधुकर प्रसाद चौधरी पनि झण्डै आधाघण्टा ढिला गरेर विद्यालय पुगेका थिए । विद्यालयका अरु शिक्षकहरुपनि १०÷१५ मिनेट ढिलाछिटा गरेर विद्यालय पुगेका थिए । सबैभन्दा पहिला त विद्यालय व्यबस्थापन समितिका अध्यक्ष बुढाथोकी विद्यालय पुगे । उनी विद्यार्थीहरु विद्यालयमा ढिला पुगेको बारेमा निगरानी गर्न थाले । निगरानीको बारेमा पहिलाका दिनमा मौखिक भनेपनि उनी त्यो दिन भने आफै एक्सनमा आएका थिए ।

विद्यालयमा विद्यार्थी आउदै थिए । १० बजे सधैं झै विद्यालयको घण्टी लाग्यो । प्रार्थना भयो । प्रार्थना सकेर कतिपय विद्यार्थीहरु कक्षाकोठामा लागे । तरपनि विद्यार्थीहरु आउनेक्रम जारी थियो । विद्यार्थीहरु ढिला आएपछि अध्यक्ष बुढाथोकी आफै विद्यार्थीलाई गेटमा राखेर ढिला आएकोमा विद्यार्थीलाई नैसिहत दिदै फर्काउन थाले । कतिपय विद्यार्थीले माफ माग्दै गेट भित्र छिरे । त्यसैवेला शिक्षक आशिष चौधरी पनि विद्यालयमा आईपुगे । शिक्षककै अगाडी अध्यक्ष बुढाथोकीले विद्यार्थीलाई विभिन्न गाली पनि गरे । एकछिन अध्यक्षसँगै रहेर शिक्षक चौधरी भने विद्यालय भित्र छिरे ।

अध्यक्ष बुढाथोकीले ती बालिकालाई पनि अविभावक बोलाएर ल्याए मात्रै विद्यालय छिर्न दिने नत्र विद्यालयमा पढ्न नपाउने गरि निकालिदिने धम्की सम्म दिए । अध्यक्षले गाली गरेपछि कतिपय बालबालिका डराएर घरतर्फ फर्किए । विद्यार्थीहरु घर फर्कदै गर्दा विद्यालयमा पुगेका शिक्षकहरु भने कक्षाकोठा तिर लागेका थिए । अध्यक्ष बुढाथोकी गेटमा नै थिए । त्यसैबेला प्रधानाध्यापक मधुकर प्रसाद चौधरी पनि विद्यालय पुगे । विद्यालयका शिक्षक कक्षाकोठामा छिरेका थिए । करीब साढे १२ बजेतिर नै स्कूलमा खबर आयो ८ कक्षा कि विमलाले घरमा विष खाईन् ।

खबर सुन्नासाथ प्रअ चौधरीले अर्का शिक्षक आशिष चौधरीलाई बालिकाको घरमा नै गएर बुझ्न भनि पठाए । बालिकाले विष आएको कुरा पनि पनि भनिन् । उनको शरिर अलिक गलेको थियो । उनले खाएको विष बमन् गराउन स्थानीयले प्रयास गरे । विष खाएको विषय अलिक डरलाग्दो भएपछि परिवारले बालिकालाई लिएर सामुदायीक अस्पताल सोब्रु आयो । रामपुर आएपछि मात्र परिवारले घटनाको बारेमा जिल्ला प्रहरी कार्यालयलाई खबर गर्यो ।

प्रहरीले खबर पाउनासाथ घटना घटेको स्थलमा कोषहाट प्रहरी चौकीवाट प्रहरी खटायो । बालिकालाई उपचारका लागि सामुदायीक अस्पताल ल्याई पु¥याईयो । अस्पतालमा उपचारका लागि पु¥याउने क्रममा बालिकाको मृत्यु भएको अस्पतालले जानकारी गरायो । मृत्यु भएको जानकारी दिएपछि बालिकाको शब पोष्टमार्टमका लागि रुम्जाटार अस्पताल लगियो । परिवारले भने आत्महत्या हैन हत्या गरिएको भन्दै विद्यालय व्यबस्थापन अध्यक्षलाई आत्महत्या दुरुत्साहन मुद्दा चलाउन माग गर्दै प्रहरीमा उजुरी दियो । तर प्रहरीले उजुरी लिन नमानेको पिडित पक्षको आरोप छ । उजुरी नलिएसम्म शब नबुझ्ने परिवारले बताएपछि अस्पतालमा बुधबार सम्म रह्यो । बुधबार भने प्रहरीले प्रधानाध्यापक र विद्यालय ब्यबस्थापन समितिका अध्यक्षलाई जिल्ला प्रहरी कार्यालयमा झिकायो । छलफल ग¥यो । अनि निवेदन दर्ता गर्यो । त्यसपछि भने शबको पोष्ट मार्टम गरि शब परिवारले बुझेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

पिडित पक्षले उजुरी दिएपछि अनुसन्धानका लागि विद्यालय व्यबस्थापन समितिका अध्यक्ष बुढाथोकीलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । बुधबार समय अभाव भएकोले विहिबार अदालतमा लगेर म्याद थप गरिने र घटनाको बारेमा अनुसन्धान भैरहेको पनि प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने नाममा अध्यक्ष स्वयम् तानाशाही बन्न खोज्दा र विद्यालय प्रशासनसँग समन्वय हुन नसक्दा १४ वर्षकै कलिलो उमेरमा वालिकाले ज्यान गुमाएकी छिन् । राजनितीक रुपमा आफुले भनेको मान्ने अविभावकका बच्चालाई भने शिक्षकलाई नाम टिपाउदै विद्यालयमा प्रबेश गर्न दिएको र नमान्ने अविभावकका बच्चाहरुलाई भने गाली गरेर विद्यालय भित्र छिर्न नदिएको समेत अध्यक्षलाई अविभावकले आरोप लगाएका छन् । अध्यक्षले आफूसँगै रहेको भनेका शिक्षक आशिष चौधरीले पनि सो दिन आफू विद्यालयमा ढिला नै आईपुगेको बताएका छन् । अध्यक्षले नाम टिपेर विद्यालयमा विद्यार्थी छिराउन भनेकालाई गेट भित्र छिर्न दिएको र नाम नटिपेकाहरु भने विद्यालयवाट फिर्ता भएको बताएका छन् ।