नेपाली समय Loading...२०८२ बैशाख ९ मंगलवार

माओवादी केन्द्र मोलुङको अध्यक्षमा तामाङ निर्वाचित

ओखलढुङ्गान्युज मंशिर २२, ओखलढुङ्गा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मोलुङ गाउँपालिकाको अध्यक्षमा मान बहादुर तामाङ सर्बसम्मत रुपमा निर्वाचित भएका छन् । माओवादी केन्दै मोलुङ गाउँपालिकाको प्रथम पालिका अधिबेशनले तामाङको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटि पनि सर्बसम्मत रुपमा निर्वाचित गरेको छ ।

गाउँपालिका कमिटि अन्तर्गत उपाध्यक्षमा एक बहादुर थापा, दिपक ढकाल र मनिशा राई सर्बसम्मत निर्वाचित भएका छन् । त्यस्तै पालिका कमिटिको सचिवमा ठगेन्द्र दाहाल, सहसचिवमा सोम प्रसाद खतिवडा तथा कर्मा शेर्पा सर्बसम्मत निर्वाचित भएका छन् भने कोषाध्यक्षमा नगेन्द्र खत्री निर्वाचित भएका छन् ।

मोलुङ गाउँपालिकाको अधिबेशन सकिएसँगै माओवादी केन्द्र ओखलढुङ्गाले जिल्लाका सबै स्थानीय तहहरुको अधिबेशन सकाएको छ । गाउँपालिका तथा नगरपालिकाको अधिबेशनमा माथिल्लो तहका नेतृत्वको उपस्थिती भएको भएपनि पालिकाका कुनै पनि तहमा पदाधिकारी चयनमा नेतृत्वले हस्तक्षेप गरेको छैन । माओवादी केन्द्रको यहि मंशिर २५ र २६ गते प्रदेश स्तरिय अधिबेशन सम्पन्न हुदैछ । प्रदेश सम्मेलनमा सहभागी हुन जाने प्रतिनिधीहरुको समेत सर्बसम्मत रुपमा चयन गरेको नेकपा माओवादी केन्द्र ओखलढुङ्गाले जनाएको छ ।