नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

पर्यटन तथा नागरिक उड्डयन मन्त्री आले ओखलढुङ्गा आउदै

ओखलढुङ्गान्युज मंशिर १६, ओखलढुङ्गा नेपाल सरकारका सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम कुमार आले शुक्रबार ओखलढुङ्गा आउने भएका छन् । जिल्लाको लिखु गाउँपालिका वडा नं. ६ माटेमा रहेको प्रथम माटेबेसी शिद्धेश्वर महादेव बालाचतुर्दशी मेला महोत्सवको उद्घाटन गर्न मन्त्री आले ओखलढुङ्गा आउन लागेका हुन् ।

लिखु गाउँपालिका वडा नं. ६, गाम्नाङ्गटार खाल्टेमा बालाचतुर्दशीको अवसर पारेर दुईदिने महोत्सवको आयोजना गरिदैछ । श्री जनजागरण युवा क्लब खाल्टेको आयोजनामा ‘लिखु खोला माटेबेशी सिसन्दु घुम्न जाउँ, शिद्धेश्वर महादेव दर्शन गरौं, हाम्रो परम्परालाई कायम गरौं’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवलाई उद्घाटन गर्न मन्त्री आले ओखलढुङ्गा आउन लागेका हुन् । महोत्सव अन्तर्गत १६ गते वाट विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सुरुवात गरिने र १७ गते भने चर्चित कलाकारहरुका साथ औपचारिक कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष टिकाराम क्याप्छाकी मगरले जानकारी दिए ।

महोत्सको औपचारीक कार्यक्रममा चर्चित कलाकारहरुसँगै चर्चित हास्य कलाकार ‘सुबोध गौतम’ एदुमेको पनि उपस्थित हुने आयोजकले जनाएको छ ।