नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

एमाले १०औं महाधिबेशन ः मतदान जारी

ओखलढुङ्गान्युज । मंशिर १४, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं राष्ट्रिय महाधिबेशन जारी छ । महाधिबेशन जारी रहदा आगामी ५ वर्षे कार्यकालको लागि मंगलबार विहान देखी मतदान भैरहेको छ । मंगलबार विहान २ बजेदेखी विहान ८ बजेसम्म मतदानको समय तोकिएको भएपनि मतदान विहान ४ बजेबाट मात्रै सुरुवात भएको छ ।

मंगलबार विहान देखी भैरहेको मतदानमा अध्यक्ष, उपाध्यक्ष, सचिव र १२६ केन्द्रीय सदस्य पदका लागि करीब २४ सय प्रतिनिधीहरुले मतदान गरिरहेका छन् । यसपटकको एमालेको महाधिबेशनमा मतदान गर्नका लागि विद्युतिय मेशिनको प्रयोग गरिएको छ । जस अन्तर्गत एक पटकमा ६९ जनाले भोट गर्न सकिने जनाइएको छ ।

मतदान गरिसकेपछि अध्यक्षका उम्मेदवार डा. भिम रावलले मतपरिणामलाई सहर्ष स्विकार गर्ने बताएका छन् । बर्तमान अध्यक्ष केपी शर्मावलीले जारी गरेको लिष्ट भन्दा बाहिरवाट उम्मेदवार दर्ता गरेकाहरुलाई मतदान नगर्न भन्दै वली समर्थक कार्यकर्ताहरुले मतदान स्थल बाहिर पर्चा समेत वितरण गरिरहेका छन् ।