नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

माओवादी जिल्ला अधिबेशन ः चम्पादेवी गाउँपालिकाको अध्यक्षमा कार्की निर्वाचित

ओखलढुङ्गान्युज मंशिर १२, ओखलढुङ्गा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र चम्पादेवी गाउँपालिकाका अध्यक्षमा खड्ग बहादुर कार्की निर्वाचित भएका छन् । शनिवार अबेर सम्पन्न भएको चम्पादेवी गाउँपालिकाको प्रथम अधिबेशनले कार्कीलाई सर्बसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

शनिवार सम्पन्न भएको प्रथम गाउँपालिका अधिबेशनले गाँउ पालिकाको उपाध्यक्षमा चन्द्र बहादुर कार्की, गणेश केसी र महिला उपाध्यक्षमा अनुशा लुईटेललाई सर्बसम्मत निर्वाचित गरेको छ । त्यस्तै गरि सचिबमा सुदर्शन कार्की, सहसचिवमा टेक बहादुर बराल र कोषाध्यक्षमा रामहरि थापा रहने गरि ५५ सदस्यीय गाउँपालिका कमिटि निर्वाचित गरेको हो ।

मशिर ५ गते देशका सबै वडाहरुमा वडा अधिबेशन सक्ने निर्णयका साथ वड अधिबेशनहरु भैएपनि जिल्लाका कतिपय स्थानीय वडाहरुमा भने वडा अधिबेशन हुन सकेको छैन । गाँउपालिका अधिबेशन भएपनि वडाको अधिबेशन गर्न बाँकी रहेका स्थानीय वडाहरुमा पनि माओवादी केन्द्रले निरन्तर रुपमा वडा सम्मेलनहरु गरिरहेको छ ।