नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

माओवादी केन्द्र पालिका अधिबेशन ः चिशंखुगढी अध्यक्षमा बस्नेत निर्वाचित

ओखलढुङ्गान्युज । मंशिर १२, ओखलढुङ्गा । शनिवार सम्पन्न नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा नरेन्द्र बस्नेत निर्वाचित भएका छन् । माओवादी केन्द्रको गाउँपालिका अधिबेशनले बस्नेतलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

त्यस्तै माओवादी केन्द्र चिशंखुगढी गाउँपालिकाको उपाध्यक्षमा हिमाल राई र विमर्शराज घिमिरे (अखिल) तथा महिला उपाध्यक्षमा कमला मगर सर्बसम्मत रुपमा निर्वाचित भएका छन् । त्यस्तै सचिवमा उषक कटवाल, सहसचिवमा टिकाराम भूजेल र कोषाध्यक्षमा भोजराज खतिवडा निर्वाचित भएका छन् ।

प्रथम पालिका सम्मेलनले प्रदेश प्रतिनिधिमा राम कुमार कार्की, अडिक घिमिरे र नरेन्द्र बस्नेत चयन गरेको छ ।

नेकपा माओवादी केन्द्र खुला राजनितिमा आएको करीब १६ वर्ष पछि शनिवार देशभरका ७५३ ओटै स्थानीय तहहरुमा एकैपटक स्थानीय तहहरुको सम्मेलनको आयोजना गरेको हो । सम्मेलन अन्तर्गत ओखलढुङ्गाका ३ ओटा स्थानीय तहबाहेक ५ ओटा स्थानीय तहहरुको सम्मेलन सकिएको नेकपा माओवादी केन्द्र ओखलढुङ्गाले जनाएको छ ।